रवि, बालेन र कुलमानतर्फ संकेत गर्दै राजेन्द्र लिङ्देनले भने– प्रधानमन्त्रीमा दलाली शुरु भयो

काठमाडौं । बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्री बनाउन नयाँ शक्ति भनिएका दलहरूबीच सम्झौता भएको ३ दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरूमा प्रधानमन्त्रीको दलाली शुरु भइसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अघिल्लो दिनसम्म एकअर्कामाथि गाली गरिरहेका पार्टी के कारणले जोडिएको भन्ने नै थाहा नभएको बताए ।

‘अब धेरै के आलोचना गर्नु, कसरी जोडिइराखेका छन् । अघिल्लो दिन एकले अर्कालाई के भनेर गाली गरिरहेको थियो ? अर्को दिन के भनेर जोडिए ? जोडिएर के गर्ने भन्ने केही थाहा छैन,’ उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसक्यो ।’

रास्वपासँग काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीतर्फ संकेत गर्दै राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पदमा दलाली शुरु भएको बताए ।

Published : Wednesday, 2025 December 31, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया