मुख्यमन्त्री बानियाँद्वारा खैरहनी प्रहरीको भौतिक संरचनाको उद्घाटन, प्रहरीको साथमा बागमती सरकार
खैरहनी । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ईलाका प्रहरी कार्यालय, खैरहनी, चितवनका नवनिर्मित संरचनाहरूको उद्घाटन गरेका छन् ।
बुधबार मुख्यमन्त्री बानियाँले ईलाका प्रहरी कार्यालय, खैरहनीका नवनिर्मित संरचनाहरूको उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाले प्रहरी सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने तथा स्थानीय नागरिकले अझ सुरक्षित अनुभूति गर्ने अपेक्षा गरिएको बताए । मुख्यमन्त्री बानियाँले प्रहरीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गरेर जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन आग्रह गरेका छन् । बागमती सरकार र आफू व्यक्तिगत रुपमा पनि प्रहरीको साथमा रहेको बानियाँले बताए ।
खैरहनी प्रहरीको भवन र संरचनाहरू बागमती प्रदेश सरकारबाट विनियोजित ५ करोड ८५ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । कार्यालय भवन, ब्यारेक भवन, भान्छाघर तथा कम्पाउण्ड वाल निर्माण गरिएको छ ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारी, बागमती प्रदेश प्रहरीका प्रमुख (डीआईजी) अरुण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख (एसपी) गोविन्द पुरीले नवनिर्मित ब्यारेक भवनबाट प्रहरीको आवासीय समस्या समाधान भएको जानकारी दिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया