पर्सा प्रहरीद्वारा ३ भारतीयलाई हुण्डीको ठूलो रकमसहित गिरफ्ता
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले श्रोत नखुलेको करीव ७ लाख हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले पुस १४ गते बिभिन्न स्थानहरूबाट हुण्डी कारोबारीमा संलग्न व्यक्तिहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट दिन– ३ (तीन) म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीप पाठकले बताए । पक्राउ परेकाहरूसँग श्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० हण्डीको रकम बरामद भएको एसपी पाठकले बताए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला बैरिया थाना वडा नं. ८ मथौली घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. २ छप्कैया बस्ने सफी अहमदको छोरा वर्ष ५० का अनवर मिया, सोही स्थानमा बस्ने अनवर मियाको छोरा वर्ष २२ का महमद कैफ अहमद र भारतको बिहार राज्य, जिल्ला मोतीहारी थाना दरपा ग्राम पञ्चायत गम्हरियाकला वडा नं. ३ बस्ने गफुर मियाको छोरा वर्ष ४८ को फूल महमद रहेका बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मकालु चोकबाट बीआर २२ एच ६३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार अनवर मिया लगायतको साथबाट श्रोत नखुलेको रकम बरामद भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया