संविधान विपरित रास्वपाद्वारा यी नेपो बेबीदेखि सम्भ्रान्त र अर्बपतिहरूलाई राखियो समानुपातिकमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकको बन्द सूचीमा विभिन्न पेशा, व्यवसायमा सक्रिय रहेका र सम्भ्रान्त परिवारका व्यक्तिहरू परेका छन् ।
समानुपातिकमा परेकाहरू जसको साइनो बिगतमा राजनीतिसँग छैन । उनीहरूलाई कुनै पनि प्रकारको ज्ञान पनि छैन । राजनीतिमा उनीहरूको कुनै योगदान पनि छैन । उनीहरूलाई आवश्यक पनि छैन कि समानुपातिकबाट सांसद बन्नका लागि ।
सबैभन्दा विरोधाभाष के छभने ? संविधानकै मर्म विपरित रास्वपाले समानुपातिकको उम्मेदवारहरूको बन्द सूची बुझाएको छ । नेपालको संविधानको धारा ४२ ले आर्थिक, सामाजिक, शैक्षिक दृष्टिकोणमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागी गराउने भनेको छ ।
संविधानको धारा ४२ को मर्म अनुरुप खोजी हुनु पर्नेमा रास्वपाको बन्द सूचीमा रहेका केही पात्रहरू जो सेलिब्रेटीदेखि लिएर अर्बपतिसम्म रहेका छन् । रास्वपाका सभापति रवि लामिछाने र नेताद्वय बालेन्द्र साह (बालेन) तथा कुलमान घिसिङले विवादित व्यक्तिहरूलाई समानुपातिक सूचीमा राखेर ठूलो भुल गरेका छन् ।
रास्वपाको समानुपातिक सूचीमा डा.महेन्द्र लावती (नेपोबेबी भनेर चिनिन्छन्), अनुश्का श्रेष्ठ (मिस नेपाल), त्रिशला गुरुङ (ख्याती प्राप्त गायिका तथा चिकित्सक), सत्यकला राई (ख्याती प्राप्त गायिका), अनुपकुमार उपाध्याय (नेपाल सरकारका पूर्व सचिव तथा ईञ्जिनियर), विदुषी राणा (गोल्ड स्टार जुत्ताकी सीईओ तथा अर्बपति व्यवसायी), प्रकाश सपुत (ख्याती प्राप्त गायक), रिमा विश्वकर्मा (ख्याती प्राप्त टेलिभिजन प्रस्तोता), रुपक विश्वकर्मा (चिकित्सक), आसिफ साह (फिल्म निर्माता तथा कलाकार), मोहना अन्सारी (राष्ट्रिय महिला आयोगकी सदस्य, विभिन्न क्षेत्रमा पटक पटक अवसर पाएकी महिला), ज्ञानेन्द्र मल्ल (ख्याती प्राप्त क्रिकेटर), सचिन ढकाल (अर्बपति चन्द्र ढकालका छोरा) रहेका छन् ।
रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम साहका दाजु आसिफ साह पनि समानुपातिक सूचीमा मुस्लिम कोटाको १ नम्बरमा समावेश छन् । रवि लामिछाने र बालेन्द्र साह (बालेन)को पटकपटकको छलफल असिम साहको कुपण्डोलको घरमा भएको थियो । समानुपातिक सूचीमा रास्वपाका उपसभापति कुलमान घिसिङका भाञ्जा पनि परेका छन् । आदिवासी जनजातिको १ नम्बरमा कुलमानका भाञ्जा डा. राम लामा रहेका छन् ।
आदिवासी जनजातिकै क्लस्टरमा आठौं नम्बरमा नाम रहेका धर्मलाल तामाङ पनि कुलमानका नातेदार हुन् । उनी कुलमानका भाइको ससुरा भएको बुझिएको छ । तामाङ भर्खरै मात्र एमाले छोडेर मात्र उज्यालो नेपालमा आएका थिए ।
आदिवासी जनजाति महिलाको क्लस्टरमा पुछारमा रहेकी तुलसा वाइवा उज्यालो नेपालको कार्यालय सचिवकी पत्नी भएको जनाइएको छ । स्रोतले उनी पनि कुलमानको नातेदार हुन् ।
सूचीमा कुलमानका एकजना निकटका साथी पनि अटाएका छन् । उनी हुन् खस आर्यको क्लस्टरमा १० औं नम्बरमा रहेका दुर्गाबहादुर सुबेदी । स्रोतका अनुसार सुबेदी कुलमानका बाल्यकालदेखिकै साथी हुन् । रामेछापमा उनीहरू छिमेकीसमेत थिए । सुबेदी नेकपा (एकीकृत समाजवादी) छोडेर उज्यालो नेपालमा आएका हुन् ।
रास्वपाको बन्द सूचीमा परेका यी व्यक्तिहरू आर्थिक रुपमा, सामाजिक रुपमा, शैक्षिक दृष्टिकोणले कुनै पनि हालतमा पछाडि परेका पात्र होइनन् । आफ्नै बलबुता र प्रतिस्पर्धाले अगाडि आइसकेका यी व्यक्तिहरूलाई समानुपातिकको आरक्षण आवश्यक छैन ।
आरक्षण आवश्यक हुनेहरूको भाग खोसेर यिनीहरूलाई रास्वपाले दिएको हो । पुराना दलहरूबाट जुन प्रकारले समानुपातिक प्रणालीको धज्जी उडाइन्थ्यो बिगतमा रास्वपाले चार गुणा बढि समानुपातिक प्रणालीको धज्जी उडाएको छ ।
सत्ताको कुर्सीमा फेरि शहरका ब्राण्डेड अनुहारहरू देखिन थालेका छन् । रास्वपाको आन्तरिक प्राईमरी इलेक्सनमा जसले सर्वाधिक धेरै मत पाएका थिए, तिनीहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा पछाडि पारिएको छ । केहीलाई हटाइएको समेत छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया