रास्वपाको समानुपातिक सूचीको दोस्रो नम्बरमा अर्बपतिका छोरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा अर्बपति चन्द्र ढकालका छोराको नाम पनि राखिएको छ ।
आइएमई ग्रुपका सचिन ढकाललाई रास्वपाले बन्द सूचीमा राखेको हो । चन्द्रागिरी केबलकारका मालिक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाललाई बन्द सूचीमा राखेर रास्वपाका सभापति रवि लामिछाने, नेता बालेन्द्र साह (बालेन) र नेता कुलमान घिसिङले अर्बपति व्यापारीलाई ठूलो गुन लगाएका छन् ।
सचिन ढकाल खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा छन् । सचिन ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । सचिन ढकाललाई बालेन साहको कोटाबाट समानुपातिकको बन्द सूचीमा राखेको जनाइएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया