नयाँ भन्नेले पनि निमुखा बर्ग र जातिका लागि छुट्याइएको समानुपातिक मिस नेपाल, ससुराबा, ठेकेदारलाई दिए : आंशिका तामाङ
काठमाडौं । सामाजिक अभियन्ता आंशिका तामाङले नयाँ दल र नयाँ नेताहरूबाट पनि समानुपातिकमा देखाएको भेदभावप्रति कडा आलोचना गरेकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत तामाङले मिस नेपाल, ससुरा, ठेकेदार, देश बेचुवाहरूलाई समानुपातिकको सूचीमा राखेको भन्दै नयाँ दलहरूको आलोचना गरेकी छिन् ।
सामाजिक अभियन्ता तामाङले कनै नेता वा दलको नाम उल्लेख गरेकी छैनिन् । तर, उनले रवि लामिछाने, बालेन्द्र साह (बालेन) र कुलमान घिसिङलाई लक्षित गरेर अभिव्यक्ति लेखेकी छिन् ।
उनले लेखेकी छिन्, ‘मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन् ।’
‘तर त्यस्तो त होइन रहेछ, यहाँ त निमुखा बर्ग र जातिहरूका लागि छुट्याइएको कोटाहरूमा त मिस नेपाल हुने रहेछन् । आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो अगाडि पछाडि दौडीरहने आसेपासे, हुँदाहुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानो मा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अबसर पाउने रहेछ,’ तामाङले लेखेकी छिन् ।
आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भइरहेका बेला उनले असन्तुष्टि व्यक्त गरेकी हुन् । निमुखा वर्ग र जातका लागि छुट्याइएको कोटामा समेत पहुँच र चिनजानका आधारमा अवसर बाँडिएको उनको गुनासो छ ।
तामाङले कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रहरू राज्यबाट निरन्तर उपेक्षित भइरहेको समेत बताएकी छिन् । कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोट जिल्लाबाट धेरै जेन्जी घाइते युवाहरू रहँदारहँदै पनि समानुपातिक कोटामा पर्नुपर्ने कम्तीमा १५ जनामध्ये केवल ३ जनालाई मात्र समेटिनुले राज्यको नीतिमा गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।
तामाङले प्रश्न गर्दै भनिन्, ‘नेपो किड्स’विरुद्ध लड्दै ७३ जना जेनजी दाजुभाइ तथा दिदीबहिनीहरूले राज्यका लागि दिएको आहुती र बलिदानको मूल्य आज यही दिन देख्नका लागि थियो त ?
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया