कांग्रेसद्वारा तमु ल्होसार पर्वको अवसरमा शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेसले तमु ल्होसारको तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएको छ ।
मंगलबार कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना सन्देश जारी गरेर तमु ल्होसार पर्वको अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
‘तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, संहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको छ,’ कांग्रेसको शुभकामना सन्देशमा भनिएको छ ।
‘यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु,’ कांग्रेसले भनेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया