कांग्रेसले प्रदेशहरूलाई बाँड्यो समानुपातिकको सिट संख्या
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको सिट संख्या सबैभन्दा धेरै बागमती प्रदेशलाई दिएको छ ।
कांग्रेसले सबैभन्दा धेरै बागमती प्रदेशलाई समानुपातिकको २२ सिट दिएको एक नेताले बताएका छन् ।
मधेस प्रदेशले समानुपातिकमा २१ सिट पाएको छ । कोशी प्रदेशले १८ सिट पाएको छ । कोशी प्रदेशले प्राप्त गर्ने १८.५ भए पनि १८ को मात्र नाम सिफारिस भएको छ ।
कोशी प्रदेशको १७.५ र लुम्बिनी प्रदेशको १७.५ प्रतिशत अंश भएकाले नेताहरूले एकतर्फ बढी बनाउन मिल्ने ठाउँ राखेका छन् । लुम्बिनीले पनि १७ जनाको मात्र नाम सिफारिस गरेको छ । गण्डकी प्रदेशले भने ११ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेशबाट हुने प्रतिनिधित्वमा सुदूरपश्चिम र कर्णाली प्रदेशले समान १०–१० सिट पाएका छन् ।
Published : Monday, 2025 December 29, 8:17 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया