कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद पुनःस्थापना भए स्वीकार गर्छौं : नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आए त्यसलाई स्वीकार गर्ने जनाएको छ ।

सोमबार निर्वाचनका लागि समानुपातिक बन्दसूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुगेका कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको बताए ।

निर्वाचन अगाडि नै सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने नेता विश्वकर्माले बताए ।

उनले नयाँ राजनीतिक शक्तिहरूबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको बताए ।

नेता विश्वकर्माले भने, ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि ग¥यौं । आज बन्दसूची बुझाउन आएका छौँ ।’

‘केही समयपछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छौं,’ नेता विश्वकर्माले भने, ‘यो बीचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौं ।’

कांग्रेस नेता विश्वकर्माले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्दसूचीमा नराख्ने समेत बताएका छन् ।

Published : Monday, 2025 December 29, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया