बालेनसँग सहमति गरेसँगै रविले आफ्नै खुट्टामा बञ्चरो हाने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग सहमति भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गरेका छन् ।
आइतबार बिहान भएको सम्झौता र सहमतिअनुसार बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । बालेनलाई लामिछानेले किन र केका लागि प्रधानमन्त्रीमा प्रस्ताव गर्न तयार भएका हुन् भविष्यमा त्यसको पर्दा उठ्नेछ । रविलाई घेराबन्दी गरेर बालेनसँग सम्झौता गराउन बाध्य बनाएको अनुभूति सम्झौता पत्रमा उल्लेख भएका कतिपय बुँदाले देखाएको छ ।
हालका लागि सभापति लामिछानेले बालेनलाई आफ्नो पार्टीमा प्रवेश गराएसँगै ठूलो जोखिम उठाएका छन् । बालेन राजनेता होइनन् । लुसिफरसको आरोप खेप्दै आएका र पत्नीका लागि सिंहदरबार जलाउन उकासेको आरोप लागेका व्यक्ति हुन्, बालेन । बालेनको स्वभाव रास्वपाका लागि निकै ठूलो जोखिम मानिन्छ ।
बालेनको प्रवेशले रास्वपा बिखण्डनतिर मोडिएको छ । बालेनको अगाडि लामिछाने फिक्का हुनेछन् । किन भने लामिछानेको सहकारी ठगी र संगठित अपराधको मुद्दा, दोहोरो राहदानी र नागरिकताको मुद्दा अहिले पनि ज्यूकात्यु छ ।
बालेनले कुनै पनि बेला आफूलाई रास्वपामा हाबी बनाउन सक्छन् । त्यो बेला रास्वपाका सभापति लामिछाने निरीह हुनेछन् । आफ्नो बलबुताले बनाएको रास्वपाले बालेनसँग सहमति गरेर खरानी हुने बाटोमा लागेका छन् ।
रास्वपाले निर्वाचनमा केही सिट जित्ला । ठूलो पार्टी पनि बन्न सक्ला तर, त्यसलाई बचारइ राख्ने ताकत लामिछानेमा मात्रै छ र रहनेछ । बालेनको व्यक्तित्व र प्रवृत्ति संगठन गर्ने होइन । भाँड्ने प्रवृत्ति हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया