हात्तिगौँडामा रश्मिलाज फेसियल हाउसको छैटौँ शाखा, बिहीबारदेखि सञ्चालन

काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले छैटौँ आउटलेटको सुरुवात गरेको छ ।

बिहीबार काठमाडौंको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ आउटलेट स्थापना गरिएको हो । रश्मिलाज फेसियल हाउसको १८औँ वार्षिक उत्सवको अवसरमा आउटलेट शुरु गरिएको छ ।

रश्मिलाज फेसियल हाउसको हात्तिगौँडाको आउटलेटको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमाल लगायतले गरेका हुन् ।

रश्मिलाज फेसियल हाउसको हात्तिगौँडाको आउटलेटमा समी रेग्मी अधिकारी तथा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले पार्टरसिपमा शाखा सञ्चालनमा ल्याएका हुन् । समी रेग्मी झण्डै २० वर्ष अमेरिकामा बसेर काठमाडौं आएकी हुन् ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् वरिष्ठ व्यूटिसियन रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन काठमाडौंको सुनधारास्थित काठमाडौं मलबाट ‘रश्मिलाज फेसियल हाउस’ शुरुवात गरेको स्मरण गरिन् । उनले १८ वर्षको दौरानमा धेरै उतार चढाव पार गर्दै आएको तथा सेवाग्राहीहरूबाट निकै राम्रो साथ र समर्थन पाएको बताइन् ।

काठमाडौं मलपछि गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मल लगायतमा यसअघि सञ्चालन गरिएको रश्मिलाज फेसियल हाउसलाई बिहीबारबाट हात्तिगौँडामा पनि सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताएकी छिन् ।

अब चाँडै यसको अरु शाखा काठमाडौं बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरबाट आफूले लामो समयदेखि सेवा लिएको बताए । उनले रश्मिलाज फेसियल हाउसको नयाँ शाखाको सफलताको कामना गरेका छन् ।

अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले रश्मिला, प्रकाश र समीलाई नयाँ शाखाको सफलताको शुभकामना दिएकी छिन् । निरौलाले अन्तर्राष्ट्रियस्तरको सेवा भएकै कारण आफू रश्मिलाज फेसियल हाउसबाट लामो समयदेखि सौन्दर्य सम्बन्धी सेवा लिँदै आएको बताइन् ।

अभिनेत्री बेनिशा हमालले पनि काठमाडौं मलमा आफूले सेवा लिएको रश्मिलाज फेसियल हाउसको छैटौँ शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् ।

हात्तिगौँडा शाखाकी सञ्चालिका समी रेग्मी अधिकारीले नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिकाबाट नेपाल आएर रश्मिलाज फेसियल हाउस, हात्तिगौँडा आउटलेटको आफूले शाखा बिस्तार गरेको बताइन् । रेग्मीले आफू हात्तिगौँडा क्षेत्रमै बसोबास गर्ने भएको र व्यूटीसम्बन्धी सेवा स्थानीयलाई दिन पाउँदा खुसी लागेको बताएकी छिन् । व्यूटी पार्लरसम्बन्धी सेवा लिन आउनेका लागि सवारी साधन राख्न पार्किङको पनि राम्रो व्यवस्था रहेको सञ्चालिका रेग्मीले बताएकी छिन् ।

१८ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रममा रश्मिलाज फेसियल हाउसका शाखाका कर्मचारी, व्यीटिसियन, हेयर स्टाईलिस्ट तथा मेकअप आर्टिस्टहरूलाई कार्यक्रममा पुरस्कृत गरिएको छ ।

Published : Friday, 2025 December 26, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया