मन्त्री हुँदा काण्डैकाण्ड गरेका पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा, छेपारोले जस्तै रंग फेरेपछि विश्वास गुमाए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा काण्डैकाण्ड गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १५औँ महाधिवेशन महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
बिहबार काठमाडौंको धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर पौडेलले १४औं महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरे पनि सफल नभएको बताए । उनले १५औं महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने बताए ।
१४औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको जोडबलमा सभापति शेरबहादुर देउवाको समूहबाट पौडेल महामन्त्री पदमा उम्मेदवार बनेका थिए । तर, महाधिवेशन प्रतिनिधिहरूले पौडेललाई लज्जास्पद हार व्यहोर्न बाध्य बनाइदिए ।
१४औं महाधिवेशनका बेला सभापति देउवाले महामन्त्रीमा नेता बालकृष्ण खाणलाई उम्मेदवार बनाउन चाहेका थिए । तर, सिटौलाको जोडबल र दवावमा देउवाले पौडेललाई महामन्त्री पदको उम्मेदवार बनाएर ठूलो भूल गरेका थिए । त्यो बेला खाणलाई महामन्त्री पद टिमबाट टिकट दिएर जितेको भए देउवालाई नेता पौडेलले जस्तो नमक हराम काम खाणले गर्ने थिएनन् ।
पौडेलले गगन थापाको समूहबाट महामन्त्री पदको उम्मेदवार बन्न चाहेका छन् । पौडेललाई थापाले महमन्त्री पदको उम्मेदवार बनाउने निकै झिनो अवस्था छ । किने भने थापाले १० जना जति नेतालाई महामन्त्री पद बाँडेका छन् ।
पौडेल महामन्त्री पदमा पराजित भए । पराजित भएपछि सिटौलाको जोडबलमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको टिकट सभापति देउवाले दिए । चुनाव पनि जते । सभापति देउवाले लचक भएपछि पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि बने । मन्त्री बनेपछि पौडेलले समूहभित्र छेपारोले जस्तो रंग देखाइ हाले । पौडेल महामन्त्री गगन थापातिर लागेर अबसर लिए । मन्त्री बनेपछि पौडेलले उट्पट्या हर्कतहरू गरे ।
महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका पौडेलको १५औं महधिवेशनमा पराजय हुने कार्यकर्ताहरूले बताएका छन् । स्वास्थ्य मन्त्री हुँदा र गुटभित्र देखाउने गरेको छेपारोको रंगले गर्दा पौडेल अलोकप्रिय बनेको चर्चा छ ।
पौडेललाई कांग्रेसमा कुनै पनि टिम र समूहले विश्वास गर्दैनन् । गगनको महामन्त्री हुन नसके नेता शेखर कोइरालाको समूहमा छिर्न पौडेलले निकै जोडबल गरिरहेका छन् ।
पत्रकारहरूसँग पौडेलले भने, ‘महामन्त्रीको उमेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन । मुलुकको वतर्मान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।’
पौडेलले भने, ‘महाधिवेशनको अहिलेको तालिका अलि व्यावहारिक भएन । केही तलमाथि होला । आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।’
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट पौडेलले टिकटको आकांक्षा राखेका छन् । यस पटक पौडेललाई काठमाडौं ५ का स्थानीय नेताहरूले टिकट दिने पक्षमा छैनन् । पौडेलले काठमाडौं ५ बाट टिकट पाउने सम्भावना निकै कम छ । पौडेललाई काठमाडौं ५ का मतदाताहरूले शरणार्थी नेताको रुपमा लिने गरेका छन् ।
गृहजिल्ला तनहुँमा पौडेल छिर्न सक्ने अवस्था छैन । पौडेललाई तनहुँमा रुचाउँदैनन् । मन्त्री हुँदा होस् वा अन्य बेला होस् पौडेलले तनहुँमा सिन्को पनि नभाँचेको आरोप कांग्रेसका कार्यकर्ताहरूको छ ।
महामन्त्री थापाको समूहबाट मन्त्री बने पनि पौडेललाई अर्कै शक्तिले मन्त्री बनाएको थियो । मन्त्री बन्न राति र बिहान कहाँ कहाँ क-कसको खुट्टा ढोग्न गएका थिए ? त्यसको भिडियो बाहिर आयो भने पौडेलको हाल के होला ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया