हरेक पर्वहरूले सामूहिक भावना र सद्भावलाई मजबुत बनाउँदै एकता र मेलमिलाप गराएको छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले क्रिसमस पर्वको अवसरमा शुभकामना प्रदान गरेको छ ।
बिहीबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना सन्देश जारी गरेर ईसाई धर्मावलम्बीहरूप्रति शुभकामना प्रदान गरेका हुन् । उनले भने, ‘डिसेम्बर २५ का दिनलाई क्रिसमस डे को रूपमा ईसाई धर्मावलम्बीहरूले हरेक वर्ष धार्मिक र सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आइरहेका छन् ।’
‘यस अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूलाई नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ खड्काले भने ।
उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधताभित्र मनाइने यहाँका विभिन्न चाडपर्व, धार्मिक र सांस्कृतिक रीतिरिवाजहरूलाई हामी सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।’
‘यी पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाउँदै, सबैमा एकता र मेलमिलापको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निभाएका छन्,’ कार्यबाहक सभापति खड्काले भनेका छन् ।
‘क्रिसमस डे का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु,’ कार्यबाहक सभापति खड्काले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया