विशेष महाधिवेशनको मागकर्ता म होइन : महामन्त्री गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागकर्ता आफू नरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘विशेष महाधिवेशनको मागकर्ता म होइन ।’ पार्टीको विशेष महाधिवेशनका लागि हस्तक्षर गराएर पार्टी कार्यालयमा बुझाइसकेका बेला अहिले आएर महामन्त्री थापाले आफू विशेष महाधिवेशनको मागकर्ता नरहेको भनेर विशेष महाधिवेशनको माग र हस्ताक्षर गर्नेहरूलाई बीच सडकमा ल्याएर अलपत्र पारेका छन् ।

महामन्त्री थापाले भने, ‘म नेपाली कांग्रेस पार्टीको महामन्त्री भएको हुँदा विशेष महाधिवेशन मागकर्ता साथीहरूलाई मैले त्यही ठाउँमा राखेर हेर्नुपर्छ । विशेष महाधिवेशनको मागकर्ता म होइन ।’

‘म नेपाली कांग्रेस पार्टीको जिम्मेवारीमा छु । विशेष महाधिवेशन आह्वानकर्ता साथीहरूले भन्नुभयो– कि त्यो बिकल्पबाट पार्टीले यो बाटोमा जान सक्छ भन्ने कुरा त्यो बिकल्प मलाई ठीक लागेको अहिले पनि ठीक छ,’ उनले भने ।

‘त्यो बाटो जान सकिन्छ भन्ने हो । त्यो बिकल्प राख्दै गर्दा राख्ने साथीहरूले नै के प्रस्ताव गर्नुभएको हो भने यदि तिमीहरू नियमित अधिवेशन गर्छौ भने हामी विशेष महाधिवेशनको मागलाई हामी थाँती राख्न तयार छौँ,’ थापाले भने ।

‘किन कि हामीलाई अधिवेशन चाहिएको हो, हामीले यसलाई कुनै प्रतिष्ठाको विषय बनाएको होइन । उहाँहरूले राखेको मागमा बकाइदा उहाँहरूले राख्नुभएको छ,’ महामन्त्री थापाले भने ।

थापाले भने, ‘तपाईहरू नियमित अधिवेशन गर्नु हुन्छ भने त्यो नियमित अधिवेशन गर्छौं भन्ने कुरा पार्टीभित्रको समितिले निर्णय पार्टीले गरेको निर्णयको आधार त्यही नै हो ।’

Published : Wednesday, 2025 December 24, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया