कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् ।
सोमबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा देउवा र ओलीबीच भेटवार्ता भएको छ । भेटमा कांग्रेस नेतृ डा.आरजु राणा र एमालेका महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो ।
‘नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न नेकपा (एमाले)को एघारौं महाधिवेशनमा निर्वाचित हुनुभएको अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना र समसामयिक विषयमा छलफल गर्नुभएको छ,’ सभापति देउवाको निजी सचिवालयले भनेको छ ।
सभापति देउवा र अध्यक्ष ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । संसद पुनःस्थापनाको रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेका बेला देउवा र ओलीबीच भेटवार्ता भएको छ ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया