कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् ।

सोमबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा देउवा र ओलीबीच भेटवार्ता भएको छ । भेटमा कांग्रेस नेतृ डा.आरजु राणा र एमालेका महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो ।

‘नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न नेकपा (एमाले)को एघारौं महाधिवेशनमा निर्वाचित हुनुभएको अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना र समसामयिक विषयमा छलफल गर्नुभएको छ,’ सभापति देउवाको निजी सचिवालयले भनेको छ ।

सभापति देउवा र अध्यक्ष ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । संसद पुनःस्थापनाको रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेका बेला देउवा र ओलीबीच भेटवार्ता भएको छ ।

Published : Monday, 2025 December 22, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया