हर्कद्वारा सहकारी ठगी र संगठित अपराधका अभियुक्त रविसँग धरौटीको २ करोडको स्रोत माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग धरौटीवापत राखिएको रकमको स्रोत खोजेका छन् ।

उच्च अदालत, तुलसीपुर, बुटवल इजलासको आदेशमा लामिछाने धरौटीमा रिहा भएका छन् । लामिछानेले बुझाएको धरौटी वापतको रकमको स्रोत खोल्नुपर्ने अध्यक्ष राईले बताए ।

‘दुई करोडको स्रोत खुलाउनु होला भन्दा रिसाउनेहरूले एउटा भ्रष्टको ठाउँमा अर्को भ्रष्टलाई पुर्‍याउन र अपारदर्शी शासन चलाउन प्रेरित गरेको देखिन्छ । बुद्धि खोइ ?,’ सोमबार सामाजिक सञ्जालमा अध्यक्ष राईले प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा लेखेर अध्यक्ष राईले सभापति लामिछानेप्रति गम्भीर प्रश्न उठाएका हुन् । उनले लामिछानेको नाम उल्लेख गरेका छैनन् । तर, लामिछानेको गतिविधि र धरौटीको रकमको स्रोतमाथि भने गम्भीर प्रश्न उठाएका छन् ।

Published : Monday, 2025 December 22, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया