सहकारी ठगी र संगठित अपराधका अभियुक्तसँग प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीद्वारा भेट

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेकी छिन् ।

आइतबार राति बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री कार्कीले सभापति लामिछानेसँग भेट गरेकी हुन् । लामिछाने शुक्रबार मात्रै धरौटी बुझाएर उच्च अदालत, तुलसीपु, बुटवल इजलासको आदेशमा छुटेका छन् ।

सहकारी ठगी र संगठित अपराधका अभियुक्त लामिछानेले धरौटी बुझाएर छुटेको ४८ घण्टाभित्र प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । लामिछानेसँगको भेटमा प्रधानमन्त्री कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति रहेको थियो ।

कार्कीसँगको भेटमा लामिछानेले उपसभापति डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले, सविता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटीलाई लिएर बालुवाटार पुगेका थिए ।

Published : Sunday, 2025 December 21, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया