गगनको अहँकार र दम्भको स्टन्टलाई ठूलो झट्का, सीताले पाइन् न्याय

काठमाडौं । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले केन्द्रीय सदस्य सीता गुरुङको नाम पनि तेह्रथुम जिल्लाका लागि प्रतिनिधिसभाको उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

महामन्त्री गगन थापाको दवाव र धम्कीका कारण निवर्तमान सांसद समेत रहेकी नेतृ सीता गुरुङको नाम तेह्रथुम कांग्रेसले सिफारिस गरेको थिएन । कारबाहीमा परेका तुलसी सुब्बा र गगन थापा निकटका नेताहरूले नेतृ गुरुङको नाम सिफारिस गरेको थिएन । सीता गुरुङले देशभरिमा कांग्रेसबाट एक मात्र महिला उम्मेदवारले तेह्रथुम जिल्लामा प्रत्यक्षतर्फ जितेकी थिइन् ।

प्रत्यक्षमा जितेर कांग्रेसको इज्जत राखेकी सीता गुरुङको राजनीति समाप्त पार्न महामन्त्री थापा र तेह्रथुम कांग्रेसका केही स्वार्थी नेताहरूले पूर्वाग्रही बनेर प्रत्यक्षमा गगन थापाको नाम एकल रुपमा सिफारिस गरेका थिए । महामन्त्री गगन थापा र उनको समूहको षड्यन्त्र थाहा पाएर नेपाली कांग्रेस, कोशी प्रदेशले नेतृ सीता गुरुङको पनि नाम सिफारिस गरेर न्याय गरेको छ ।

तेह्रथुम कांग्रेसद्वारा क्षेत्र र जिल्लाबाट गगन थापाको नाम एकल सिफारिस भए पनि कोशी प्रदेश कार्यसमितिले उनीसँगै निवर्तमान सांसद सीता गुरुङको नाम थपेर केन्द्रमा पठाएको छ ।

कांग्रेसकै कतिपय नेताहरूले गगन थापा र उनी निकटका नेताहरूले एकपछि अर्को जिल्लाबाट सिफारिस गरेर स्टन्ट गरिरहेका छन् । गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । काठमाडौं ४ मा गगन थापा सुरक्षित छैनन् । कोशी कांग्रेसको निर्णयले महामन्त्री गगन थापालाई ठूलो झट्का लागेको छ ।

महामन्त्री गगन थापाको नाम एकभन्दा बढी जिल्लाबाट सिफारिस भएपछि कांग्रेसभित्रै विवाद शुरु भएको छ । महिला नेतृ त्यो पनि प्रत्यक्षमा जितेकी सीता गुरुङको राजनीति समाप्त पार्न गगन थापा र उनको समूहले तेह्रथुमबाट गगन थापाको एकल नाम सिफारिस भएपछि झनै असन्तुष्टि चुलिएको थियो ।

Published : Sunday, 2025 December 21, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया