दुई ठूला दल कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरूबीच छलफल
काठमाडौं । बिघटित प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच भेटवार्ता भएको छ ।
शनिबार कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाबीच भेट भएको हो । भेटमा सर्वोच्च अदालतमा बिचाराधीन संसद पुनर्स्थापनासम्बन्धी रिटका विषयमा छलफल भएको कांग्रेस नेता घिमिरेले बताए ।
एमालेका नेता बर्तौलाले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसको मुख्य सचेतक श्यामकुमार घिमिरेज्यूसंग सिंहदरबारमा आज समसामयिक विषयमा छलफल गर्नुभएको छ ।’
कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाका लागि बुझाएका छन् । बाँकी सांसदहरूलाई पनि हस्ताक्षर गर्न लगाएर बुझाउने कांग्रेस र एमालेका नेताहरूबीच सहमति बनेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया