सभापति देउवाद्वारा शीर्ष नेताहरूसँग छलफल, अनुशासनको कारबाही मिनाह गर्ने सहमति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीहरूसँग महाधिवेशनको कामकारबाहीका विषयमा जानकारी लिएका छन् ।
शनिबार काठमाडौंस्थित आफ्नै निवासमा सभापति देउवाले कार्यबाहक सभापति खड्का, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूसँग नियमित १५औं महाधिवेशनको तयारीका विषयमा छलफल गरेका हुन् ।
महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले क्रियाशील सदस्यता टुंगो लगाउन नसकेको र क्रम संख्याबिनै फारम पठाउँदा देखिएको विवादका विषयमा पनि छलफल भएको छ । सभापति देउवाले निष्पक्ष र स्वच्छ महाधिवेशनका लागि केन्द्रीय नेतृत्वले जिम्मेवार बनेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
यसैबीच, केहीदिन पछि कांग्रेसको कार्यसम्पादन समितिको बैठकले बोलाउने र त्यही बैठकमा १५औं महाधिवेशनको कार्याताललिका हेरफेर हुने विषयमा छलफल हुने सहमति भएको एक नेताले बताएका छन् ।
कांग्रेस विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति भएको छ । विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाको बाँकी अवधि मिनाहा गर्ने पनि सहमति भएको भएको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया