विशेष महाधिवेशनको लागि गगन–विश्वले कीर्ते हस्ताक्षर गराएको पुष्टि, सानेपामा धमाधम निवेदन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका नाममा गराएको भनिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कीर्ते भएको पुष्टि भएको छ ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि मो.याकूब अंसारीले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर पार्टी कार्यालय, सानेपामा दिएको निवेदनमा आफ्नो हस्ताक्षर कीर्ते भएको अवगत गराएका छन् ।
कार्तिक २३ गते अंसारीले कार्यबाहक सभापति खड्कालाई दिएको निवेदनमा भनिएको छ, ‘प्रस्तुत विषयको सन्दर्भमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरमा मेरो नाम समावेश भएको भन्ने जानकारी हुन आएकोमा मेरो दस्तखत होइन । मैले दस्तखत गरेको छैन, मेरो असहमति छ । म नियमित महाधिवेशनको पक्षमा छु । नियमित महाधिवेशन आम निर्वाचनपछि गर्नुपर्दछ भन्ने मेरो राय छ ।’
महामन्त्रीद्वय थापा र शर्माले बुझाएको हस्ताक्षरको सनाखत गर्ने आवाज उठेका बेला महाधिवेशन प्रतिनिधिहरूले नै आफूले हस्ताक्षर नगरेको भनेर धमाधम कार्यबाहक सभापति खड्कालाई सम्बोधन गरेर केन्द्रीय कार्यालय, सानेपामा निवेदन दिन थालेका छन् ।
महामन्त्री थापा र शर्माले विशेष महधिवेशनका लागि भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराएर बुझाएको दाबी गरेका छन् । विशेष महाधिवेशनका लागि बुझाएको अधिकांश हस्ताक्षर कीर्ते भएको पछिल्ला घटनाहरूले स्पष्ट पारेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया