नौ करोड २२ लाख घुस काण्डमा दोषी ठहर भएका बस्नेत २.० कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता बस्नेतले खुलातर्फ कांग्रेसको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले समृद्ध नेपाल नेपालीको सुनौलो भविष्य निर्माणमा स्पष्टबद्धता भनेर नारा पनि बनाएका छन् ।

सुशासनको कुरा गर्ने गगन थापाले विशेष अदालतबाट दोषी ठहर भएका बस्नेतलाई आफ्नो केन्द्रीय कार्यसमितिमा ल्याउन रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयारी अवस्थामा बसेका छन् । नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यक्तिलाई बदलिएको कांग्रेस २.० को नामबाट वासिङ मेशिनमा हालेर सफा गर्न लागेको भनेर चर्चा भइरहेको छ ।

बस्नेत काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर हुन् । भ्रष्टाचारी ठहर भएपछि बस्नेत पदमुक्त भएका छन् । उनी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले बस्नेतलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो । दोषी प्रमाणित भएसँगै मेयर बस्नेत पदमुक्त भएका छन् ।

मेयर बस्नेतले पद्मा कोलोनी प्रा.लि. र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपियाँ घुस लिएको अदालतको ठहर छ । कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको अदालतको ठहर छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पनि मेयर बस्नेत दोषी ठहर भएका छन् । बस्नेतले गैरकानूनी रूपमा घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा राखेर विभिन्न व्यक्तिहरू र कम्पनीलाई बिक्री–वितरण गरेका थिए । यस कार्यबाट १३ करोड १२ लाख ७३ हजार रुपियाँ बिगोबराबरको सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको फैसलामा छ । दुवै मुद्दामा अन्य सबै प्रतिवादीहरूले भने सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध जनही नौ करोड २२ लाख ४६ हजार रुपियाँ बिगो दाबी गरिएको थियो । साथै सम्पत्ति शुद्धीकरणको मुद्दामा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो । अदालतले भ्रष्टाचार मुद्दामा मेयर बस्नेत र कँडेललाई दोषी ठहर गरेको । सम्पत्ति शुद्धीकरणमा मेयर बस्नेतलाई मात्र दोषी ठहर गरेको छ ।

अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपियाँ बिगो अख्तियारले दाबी गरेको थियो ।

त्यस्तै, भ्रष्टाचार गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो । अदालतले भ्रष्टाचार मुद्दामा मेयर र कँडेल दुवैलाई अख्तियारको दाबीबमोजिम नै ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा भने मेयर बस्नेतलाई मात्र ठहर गरेको छ । मुद्दामा ठहर भएसँगै बस्नेत मेयरबाट पदमुक्त भएका छन् ।

गैरकानूनी सम्पत्ति आर्जनको अर्को मुद्दामा मेयर बस्नेतले सफाइ पाएका छन् । आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले २७ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट दोषी ठहर भएका बस्नेत सो फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन लिएर गएका छन् ।

Published : Tuesday, 2026 October 6, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया