गृह मन्त्रालय र मातहतका गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायका पदाधिकारी वा कर्मचारीहरूले गोप्य सूचना चुहाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् गृहमन्त्री गुरुङले गोप्य सूचना चुहाउने प्रवृत्ति आफूले पाएको बताए । उनले भने, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु ।’
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ गृहमन्त्री गुरुङले भने, ‘पदले सूचनामा पहुँच दिन्छ । तर, दुरुपयोग गर्ने अधिकार दिँदैन ।’
गृहमन्त्री गुरुङले भने, ‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ ।’
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,’ गृहमन्त्री गुरुङले भनेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया