कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, कार्तिक १३ गते बस्ने

काठमाडौं । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्र्तिक १३ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पुनः बस्नेछ ।

शनिबार प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस, बाराका पूर्व सभापति ८४ वर्षीय ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

Published : Saturday, 2025 October 18, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया