काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला राष्ट्रपतिसँग सुशीलाद्वारा भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छिन् ।
बुधबार शीतलनिवास राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीले भेटवार्ता गरेकी हुन् । भेटमा जेनजी आन्दोलन र सरकारको कामकारबाहीका विषयमा छलफल भएको बुझिएको छ ।
उनीहरूका बीच फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले निर्वाचनलाई लक्षित गरेर केही अध्यादेश ल्याउने तयारी गरेको छ ।
अध्यादेशकै बारेमा राष्ट्रपति पौडेलसँग परामर्श गर्न प्रधानमन्त्री कार्की पुगेको हुनसक्ने बुझिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा अपेक्षा भएअनुसारको कामकारबाही हुन नसकेको भन्दै प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषदको आलोचना भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया