तरुण दलद्वारा भक्तपुरमा प्रदर्शन, संवैधानिक दायरामा रहेर राजनीतिक निकास दिन माग
काठमाडौं । नेपाल तरुण दल, भक्तपुरले संविधानको रक्षा र संवैधानिक दायरामा रहेर देशलाई निकास दिन माग गर्दै प्रदर्शन गरेको छ ।
बिहीबार भक्तपुरमा तरुण दलले प्रदर्शन गरेको हो । तरुणहरूले शान्ति सुरक्षा कायम गरौँ, संविधानको रक्षा गरौँ, संवैधानिक दायरामा रहेर देशलाई निकास दिउँ भन्ने जस्ता नारा लगाएका छन् । उनीहरूले संवैधानिक सर्वोच्चता सम्बन्धी नारा लेखिएका पर्चाहरू पनि हातमा लिएका थिए ।
संविधानभन्दा बाहिर रहेर नेपाली सेनाको जंगी अड्डा, भद्रकालीमा प्रधानमन्त्री खोज्ने कार्यहरू भइरहेका बेला भक्तपुर तरुण दलले पनि संविधानअनुसार अगाडि बढ्न माग राखेर प्रदर्शन गरेको छ ।
Published : Thursday, 2025 September 11, 6:02 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया