कांग्रेसबाट निर्वाचित नगर प्रमुख सजरुद्दिनको निधन, लुम्बिनीमा ठूलो क्षति

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।

शनिबार बिहान नगर प्रमुख मुसलमानको आफ्नै निवास, रुपन्देहीमा निधन भएको नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभाका सांसद एवम् पूर्वमन्त्री वसिउद्दिन खाँले बताए ।

नगर प्रमुख मुसलमानको हृदयघातका कारण मृत्यु भएको अनुमान परिवारजनको रहेको छ ।

मुसलमान नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । रुपन्देही कांग्रेसका नेता समेत रहेका नगर प्रमुख मुसलमानको निधनबाट कांग्रेसले लुम्बिनी सांस्कृतिक नगरपालिकामा राम्रो अभिभावक गुमाएको छ ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री खाँले मुस्लिम समुदायका अग्रज व्यक्तित्व सजरुद्दिन मुसलमानको निधनबाट मर्माहत भएको जनाएका छन् ।

पूर्वमन्त्री खाँले भने, ‘लुम्बिनी संस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरूद्दीन मुसलमानज्यूको असमयिक निधनको खबरले अत्यन्त मर्माहत एवम दुखित तुल्याएको छ । दुःखको यस घडीमा उहाँँप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

Published : Saturday, 2025 August 30, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया