कांग्रेसको महाधिवेशनमा तीन समूह सक्रिय, कुन गुटमा को को उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरू खुल्लामञ्चमा जारी महाधिवेशनमा तीनवटा समूह सक्रिय भएका छन् ।

गोविन्द भट्टराई नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा देखिएका दुई गुट सक्रिय भएका छन् । भट्टराई अध्यक्ष हुँदा अर्को गुटको नेतृत्व विश्वप्रकाश शर्माले गर्दथे । अहिले महाधिवेशनमा गोविन्द भट्टराई भर्सेस विश्वप्रकाश शर्माको गुट सक्रिय भएको छ ।

अर्को समूह असोज ३ र ४ को वडा अधिवेशनको सम्मुख गगनको कांग्रेसमा गएकाहरूको अर्को समूह सक्रिय भएको छ । यो समूहको नेतृत्व धनराज गुरुङले गरेका छन् ।

यसरी गुट बन्दा सभापतिमा पनि शर्मा समूहले गगन थापा र भट्टराई समुहले किशोर सिंह राठौरलाई र तेस्रो समूहले श्याम खड्गीलाई सहयोग गर्ने संभावना रहेको चर्चा महाधिवेशन स्थलमा छ ।

विश्वप्रकाश वरिष्ट उपसभापतिमा सर्वसम्मत भएपछि आफ्नो पुरानो गुट सक्रिय बनाएका छन् । शर्माले पुरानो गुट सक्रिय बनाएसंगै भट्टराई समुहले पनि गुट सक्रिय बनाउन लागेको हो । भट्टराईको गुट सक्रिय बनाउनका लागि रन्जित कर्ण र विकास कोइराला लागेका छन् ।

शर्माको गुटबाट उपसभापतिमा चन्द्र भण्डारी र देवराज चालिसेलाई खडा गरिएको छभने गोविन्द भट्टराईको गुटबाट भट्टराई आफै र चन्द्रमोहन यादव उमेदवार बन्नेछन् । तेस्रो समूहबाट उससभापतिमा धनराज गुरुङ र दीपक गिरी उमेदवार बनेका छन् । शर्माको गुटबाट समावेशी उपसभापतिमा जीवन परियार उमेदवार बनेका छन भने भट्टराईको गुटबाट रन्जित कर्ण उमेदवार बनेका छन् ।

तेस्रो समूहबाट समावेशी उपसभापतिमा विनोद चौधरी उमेदवार बनेका छन् । महामन्त्रीमा शर्माको गुटबाट उदयशम्शेर राणा र प्रदीप पौडेल उमेदवार बनेका छन् । भट्टराईको गुटबाट सुनिल शर्मा र अमरसिंह पुन उमेदवार बनेका छन् । तेस्रो समूहबाट महामन्त्रीमा नैनसिंह महर र डा सन्तोष उपाध्याय उमेदवार बन्नेभएका छन् ।

त्यस्तै महिला महामन्त्रीमा शर्माको समूहबाट डिला संग्रौला उमेदवार बनेकी छन भने भट्टराईको समूहबाट रिता खनाल उमेदवार बनेकी छन् । तेस्रो समूहबाट महिला महामन्त्रीमा डिना उपाध्याय उमेदवार बन्ने भएका छन् ।

खुल्ला सहमहामन्त्रीमा शर्माको समूहबाट अजयबाबु सिवाकोटी र डिल्लीराम सुवेदी उमेदवार बनेका छन भने भट्टराईको समूबाट विकास कोइराला र अमृत अर्याल उमेदवार भएका छन् । तेस्रो समूहबाट सहमहामन्त्री रामहरी खतिवडा र देवेन्द्रराज कडेल उमेदवार बन्नेछन् ।

त्यस्तै महिला सहमहामन्त्रीमा प्रतिमा गौतम शर्माको समूहबाट र नानु बास्तोला भट्टराईको समूहबाट उमेवादर बन्ने टुंगो लागेका छन् । त्यस्तै खस आर्यबाट शर्माको समूहबाट मनोजमणि आचार्य र भट्टराईको समुहबाट शुभराम बस्नेत र तेस्रो समूहबाट जगदीश नरसिंह केसी उमेदवार बन्ने भएका छन् ।

शर्माको समूहबाट दलित सहमहामन्त्री प्रकाश स्नेही, भट्टराईको समूहबाट मानबहादुर नेपाली र तेस्रो समूहबाट नरेन्द्र पासवान उमेदवार बन्ने भएका छन् । आदीवासी सममहामन्त्रीमा शर्मा समूबाट ओमबहादुर घर्ती, भट्टराई समूहबाट दिलमान पाख्रिन र तेस्रो समूहबाट बहादुरसिंह लामा उमेदवार बन्ने भएको छ ।

पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा शर्माको समूहबाट मिन बाम, भट्टराई समूहबाट जनक गिरी र तेस्रो समूहबाट जीवनबहादुर शाही उमेदवार बनेका छन् । अल्पसंख्ययक महमहामन्त्रीमा शर्मा समूहबाट आङगेलु शेर्पा, भट्टराई समूहबाट नगेन्द्र कुमाल र तेस्रो समूहबाट योगेश गौचन थकाली उमेदवार बनेका छन् । मुस्लिम महामन्त्रीमा शर्माको समूहमा अब्दुल सतार, भट्टराई समूहबाट डा फिरदोष अलाम र तेस्रो समूहबाट अतहर कमाल मुसलमान उमेदवार बनेका छन् ।

थारु सहमहामन्त्रीमा शर्माबाट सुरेन्द्र चौधरी, भट्टराई समूहबाट तेजुलाल चौधरी र तेस्रो समूहबाट योगेन्द्र चौधरी उमेदवार बनेका छन् । मधेशी सहमहामन्त्रीमा अभिषेकप्रताप शाह भट्टराई समूहबाट अजय चौरासिया तेस्रो समूहबाट किरण यादव उमेदवार बनेका छन् । तीनै समूहले केन्द्रीय सदस्यहरूको समेत सूची तयार गर्ने आन्तरिक गृहकार्य भइरहेको बताइएको छ ।

Published : Wednesday, 2026 October 7, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया