रुवीकुमारीको हत्या आरोपी पासवानको उपचारका क्रममा मृत्यु
काठमाडौं । रौतहटमा २६ वर्षीया रूवीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार बिहान आरोपी पासवानलाई प्रहरीले शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल ल्याएको थियो ।
उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताएका छन् ।
आरोपी रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा–मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो । भिडियोमा पासवानले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।
शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका–९ गौर–सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो ।
प्रहरीले सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया