माओवादी नेता श्रेष्ठले धर्मगुरुसँग आशीर्वाद लिए, कम्युनिस्टको ढोङ्ग
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्वमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय धर्मगुरु सद्गुरुलाई भेटेर आशीर्वाद लिएका छन् ।
मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिका होटलमा माओवादी नेता श्रेष्ठले धर्मगुरुलाई भेट गरेका हुन् । सद्गुरुसँग श्रेष्ठले आशीर्षवाद लिएका छन् ।
धर्मगुरु सद्गुरुलाई भेट्न पूर्वमन्त्री श्रेष्ठसँग सुशन कर्मचार्य र केही युवाहरू पनि पुगेका थिए । सुशन कमर्चायले सुदगुरुङसँग भेट गरेको तस्बिरहरू सार्वजनिक गरेकी छिन् ।
कम्युनिस्टहरूले धर्मको विरोध गर्ने गर्छन् । कथित जनयुद्धका बेला मन्दिरमा पिसाब फेर्ने, तोडफोड गर्ने, किरिया बसेका व्यक्तिलाई अपरहण गरेर हत्या गर्ने जस्ता कार्य भएका थिए । अहिले माओवादीका नेताहरू धर्मगुरुलाई भेटेर आशीर्वाद लिएर पाप कटाउने प्रयास गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया