सार्वजनिक यातायात महासंघद्वारा भ्रष्टाचारको गन्ध, अव्यवहारिक र महँगो इम्बोस्ड नम्बर प्लेटलाई अस्वीकृत
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गरेर अव्यावहारिक विषयहरू संशोधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबीचको छलफल संवादबीच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ ।’
नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ ।
यातायात व्यवस्था विभागले भने असोज १ गतेदेखि प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन दिइएको छ ।
साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
इम्बोस्ड नम्बर प्लेट अव्यवहारिक र महँगो भन्दै विरोध हुँदै आएको छ । कमिशन र भ्रष्टाचाकार लागि इम्बोस्ड नम्बर प्लेट जडानमा दवाव दिने कार्य भएको भन्दै विरोध भइरहेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया