माओवादीभित्र आन्तरिक विवाद भइरहेका बेला प्रचण्डद्वारा निवासमै पुगेर विप्लवसँग भेट
काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद भइरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेका छन् ।
सोमबार ललितपुरको हरिसिद्दिस्थित विप्लवको निवासमा उनीहरूका बीच भेटवार्ता भएको माओवादीका नेता रमेश मल्लले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
अध्यक्ष दाहालले विप्लवलाई उनकै निवासमा पुगेर भेटेपछि माओवादी केन्द्रमा खैलाबैला भएको छ । अध्यक्ष दाहालले विप्लवसँग पार्टी एकताका विषयमा पनि कुराकानी गरेको बुझिएको छ ।
माओवादी केन्द्रमा आन्तरिक विवाद हुँदै आएको छ । भावी नेतृत्वलाई लिएर माओवादी केन्द्रमा जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा चलेको छ । दाहालले शर्मालाई पार्टीको नेतृत्वमा जान दिने पक्षमा छैनन् । पुनलाई पनि नेतृत्व दिने पक्षमा दाहाल छैनन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया