जनताले विश्वास गरेका कारण म अहिलेको अवस्थामा आइपुगेको हुँ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले जनताले विश्वास गरेका कारण आफू पटक पटक प्रधानमन्त्री हुन सफल भएको बताए । उनले पार्टीका सांसदहरू र सबै पार्टीले सहयोग गरेर नै प्रधानमन्त्री भएको बताए ।
डडेलधुराबाट चुनाव लड्दा आफूविरुद्ध धेरै पार्टी लागे पनि जनताले आफूलाई नै जिताएको सभापति देउवाले बताए । जनताभन्दा ठूलो केही नभएकाले जनताको सेवामा लाग्न सभापति देउवाले आग्रह गरेका छन् ।
देउवाले आफूले अहिलेसम्म कुनै चुनाव नहारेको बताएका छन् । जनताको सौभाग्यले आफू कहिल्यै हार्नु नपरेको उनले बताए ।
उनले भने, ‘यहाँ धेरै साथीहरूले मेरै कुरा उठाउनुभयो। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने ? कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो ।’
धेरै पार्टीका नेताहरू आफ्नो खिलाफमा लागेको भए पनि निरन्तर चुनाव जितिरहेको भन्दै देउवाले जनता देशको मालिक भएकाले जनताको सेवामा लाग्न आग्रह गरे ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया