हो यही दोग्ला चरित्रले गर्दा गगनले शेखरलाई चत्रक्कै छाडेका हुन्

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मानव तस्करीको अभियोग लागेकी उपसभामुख एवम् प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा राना मगरसँग टेलिफोनमा कुरा गरेर संरक्षण गर्ने आश्वासन दिएका छन् ।

कांग्रेसभित्र उट्पट्याङ गतिविधि गर्दै आएका कोइरालाले मंगलबार अमेरिकामा रहेकी रानासँग टेलिफोनमा कुराकानी गरेको समाचारले हलचल ल्याइदिएको छ । रानालाई अमेरिकामा मान्छे पठाउन अमेरिकी राजदूतावासलाई उपसभामुखको लेटरप्याड दुरुपयोग गरेको अभियोग लागेको छ ।

राजनीतिक संरक्षण र दवावमा बच्दै आएकी रानालाई बचाउन कांग्रेस नेता कोइरालाले गरेको हर्कतले कांग्रेसका नेता कार्यकर्ताको मन दुखाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसलाई आफ्नो प्रमुख दुश्मन मान्दै आएका छन् । कांग्रेसविरुद्ध हमला बोल्दै आएका रास्वपाका नेताहरूलाई फाइदा हुने गरेर कोइरालाले रानासँग टेलिफोनमा कुरा गरेर पक्षमा अभिव्यक्ति दिएपछि कोइरालामाथि प्रश्न उठेको छ ।

कोइरालाले कांग्रेसलाई क्षति हुने गरेर बेलाबेला गतिविधि गर्दै आएका छन् । निर्णय क्षमता पटक्कै नभएको भनेर कोइरालालाई आरोप लाग्दै आएको छ ।

कोइरालालाई महामन्त्री गगनकुमार थापाले पनि साथ दिन छाडिसकेका छन् । कोइरालाका यस्तै कांग्रेस विरोधी र अदुरदर्शी गतिविधिहरूबाट आजित बनेका थापाले गुट छाडेर आफ्नै गुट खडा गरेका हुन् ।

महामन्त्री थापा कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा लाग्दै आएका छन् । तर, कोइरालाले कांग्रेसलाई बलियो बनाउने समय आउँदा जहिले पनि कांग्रेस विरोधी शक्तिहरूसँग घाँटी जोड्न पुग्ने गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेर सपना देखिरहेका कोइरालालाई रास्वपाले सभापति बनाउने त होला ? भनेर प्रश्न उठेको छ । मानव तस्करीको अभियोग लागेकी उपसभामुख रानाले नै कोइरालालाई मतदान गरेर सभापतिमा जिताउने छिन् भनेर व्याङ्ग्य भइरहेको छ ।

Published : Tuesday, 2025 August 19, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया