परराष्ट्रमन्त्री डा.राणासँग युनिसेफका उपकार्यकारी निर्देशक चाइबानद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग युनिसेफका उपकार्यकारी निर्देशक एडवर्ड टेड चाइबानले भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र चाइबानबीच भेट भएको हो ।

भेटका क्रममा नेपाल–युनिसेफ सहयोग लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाएको छ ।

Published : Tuesday, 2025 August 19, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया