कांग्रेस नेता खतिवडाद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खुला सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले आफूलाई सहमहामन्त्री पदमा मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको पूर्वसभापति समेत रहेका खतिवडा कांग्रेसको केन्द्रीय सदस्य थिए ।

लोकप्रिय मतसहित ओखलढुङ्गा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर खतिवडा आएका थिए ।

Published : Tuesday, 2026 October 6, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया