म एमालेको संगठित सदस्य र कार्यकर्ता हो, गुट चलाएको छैन : विद्यादेवी भण्डारी
विराटनगर । एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छिन् ।
सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमालेको नीति र कार्यक्रमअनुसार नै अघि बढ्ने बताइन् । उनले आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराएकी छिन् ।
नेतृ भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले आफू एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको भन्दै एमालेको कार्यकर्ता भएको बताइन् ।
सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन् । पार्टीको औपचारिक कुरा आफूलाई थाहा नभएको उनले बताएकी छिन् ।
सदस्यहरूलाई सबै कुरा थाहा नहुने र कमिटीमा बस्नेहरूलाई थाहा हुने भण्डारीले बताएकी छिन् । आफू अहिले केन्द्रीय समितिमा नरहेका कारण पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको भण्डारीले बताएकी छिन् ।
नेतृ भण्डारीले एमालेमा आफूले गुट नचलाएको दाबी गरेकी छिन् । मदन भण्डारी फाउन्डेसनमाथि लगाएको आरोपबारे पार्टीका नेताहरूलाई नै सोध्न उनले आग्रह गरेकी छिन् ।
भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले वाम एकताको सम्भावना नरहेको भन्न नमिल्ने बताएकी छिन् ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीसँग पूर्वराष्ट्रपति भण्डारीको टसल परेको छ । भण्डारी एमालेको राजनीतिमा आउन नहुने एमालेका नेताहरूको सुझाव छ । तर, भण्डारीले आफू एमालेको संगठित सदस्य रहेको भन्दै एमालेबाट राजनीति गर्ने बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया