सोलुखुम्बु तरुण दलको अधिवेशनलाई लिएर संयुक्त बैठक, समयमा काम गर्न निर्देशन
काठमाडौं । नेपाल तरुण दल, सोलुखुम्बुको ५औँ अधिवेशन समयमा सम्पन्न गर्ने सहमति भएको छ ।
आइतबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेपाल तरुण दल केन्द्रीय निर्देशन समितिका पदाधिकारी र तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितको बैठकमा तरुण दल सोलुखुम्बुको अधिवेशन समयमा गर्ने सहमति बनेको हो ।
समितिकी संयोजक महालक्ष्मी उपाध्यय, सदस्यद्वय सरिता प्रसाईं र जितजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झासहितका तरुण नेताहरूले छलफल गरेका हुन् ।
सोलुखुम्बु तरुण दलको ५औँ अधिवेशन तोकिएको समयसीमा भित्र गर्न समितिले निर्देशन दिएको छ ।
Published : Sunday, 2025 August 17, 9:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया