तरुण दल महाधिवेशनको अभिलेख राख्न कांग्रेस नेता डा.अन्सारीद्वारा ल्यापटप प्रदान
काठमाडौं । नेपाल तरुण दलको महाधिवेशनको सचिवालय सञ्चालनका लागि नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले एउटा ल्यापटप हस्तान्तरण गरेका छन् ।
आइतबार ललितपुरको बालकुमारीमा तरुण दलका अध्यक्ष गुरुङलाई कांग्रेस नेता अन्सारीले ल्यापटप हस्तान्तरण गरेका हुन् । मेडिकल व्यवसायी समेत रहेका डा.अन्सारीले तरुण दलको महाधिवेशनका क्रममा दस्तावेजहरूको अभिलेख राख्न एक थान ल्यापटप हस्तान्तरण गरिएको बताएका छन् ।
तरुण दलका अध्यक्ष गुरुङले महाधिवेशनको कार्यमा तरुण दलको सचिवालयले काम गरिरहेको भन्दै अधिकांश जिल्लाहरूले अधिवेशनको कार्यहरू गरिरहेको बताए । उनले तरुण दलको अभिलेख राख्न ल्यापटपको आवश्यक्ता रहेका बेला कांग्रेस नेता डा.अन्सारीबाट भएको सहयोगप्रति धन्यवाद प्रदान गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया