सांसदहरू नआएपछि लेखा समितिको बैठक स्थगित
काठमाडौं । सांसदहरूलाई जिम्मेवारी बोध नभएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
शुक्रबार सिंहदरबारमा बस्ने भनिएको लेखा समितिको बैठकमा गणपूरक संख्या अपुग भएपछि स्थगित भएको हो । समितिका सांसद सदस्यहरू बैठकमा आएनन् ।
समितिका सचिव एकराम गिरीले बैठकमा १२ जना मात्रै सांसद उपस्थित भएको बताए । समितिमा कुल २६ जना सदस्य छन् ।
समितिमा गणपूरक संख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ ।
बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । मालवाहक सवारी साधनको भारबहन क्षमतासम्बन्धी विद्यमान कानूनी प्रावधान कार्यान्वयन तथा नियमन हुन नसकेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले समितिमा उजुरी गरेको थियो ।
मालबाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका, २०७४ ले निर्धारण गरेको मापदण्डभन्दा विपरीत वजन बोकेर सञ्चालन गर्दा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै समितिमा उजुरी परेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया