गृह मन्त्रालयले कैलालीका सीडीओ हमालको जिम्मेवारी खोसिदियो

काठमाडौं । जिम्मेवारीअनुसारको कार्यसम्पादन गर्न नसकेपछि गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालको जिम्मेवारी खोसिदिएको छ ।

बुधबार गृह मन्त्रालयले कैलालीका सीडीओ हमालको जिम्मेवारी खोसेर तानेको हो । कैलालीको सीडीओको जिम्मेवारी कृष्णप्रसाद लम्साललाई दिइएको छ । कृष्णप्रसाद लम्साल यसअघि दाङको प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

गत शनिबार कैलाली कारागारमा झडप हुँदा भरत चौधरीको मृत्यु भएको थियो । कारागारभित्र भएको झडपमा ४७ जना कैदी बन्दी घाइते भएका थिए ।

Published : Wednesday, 2025 August 13, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया