जेलमा रहेका सहकारी ठगका अभियुक्त रविका नजिकका नेताको पदाधिकारी फुत्कियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको कसूरमा पुर्पक्षका लागि जेलमा थुनिएका बेला दीपक बोहराको सह–कोषाध्यक्ष पद खोसिएको छ ।
रास्वपाले निर्वाचन आयोगलाई अद्यावधिक गर्नका लागि दिएको निवेदनअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नाम अद्यावधिक भएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको नयाँ नामावली रास्वपालाई उपलब्ध गराइसकेको छ । आयोगको सूचीअनुसार बोहरा सह–कोषाध्यक्षबाट केन्द्रीय सदस्यमा घटुवा भएका छन् ।
रास्वपा बैठकमा कार्यबाहक सभापति डोलप्रसाद अर्यालले बोहरालाई सह–महामन्त्रीमा बढुवाको प्रस्ताव गरेका थिए । डा.तोसिमा कार्की, सोबिता गौतमलगायतका नेताहरूले विरोध गरेपछि बोहरालाई सहमहामन्त्री बनाउने कार्यबाहक सभापति अर्यालको तुहिएको थियो ।
तोसिमा, सोबिता लगायतका नेताहरूले सहमहामन्त्री पद महिलालाई दिइएको भन्दै सो पदमा महिलालाई स्थान दिइनुपर्ने बताएका थिए । त्यसपछि बोहरालाई सहमहामन्त्री बन्नाउने योजना तुहिएको थियो । बोहरा सभापति लामिछानेका सबैभन्दा निकटका व्यक्ति हुन् । कार्यबाहक सभापति अर्याल रहे पनि बोहराले रास्वपालाई सञ्चालन गर्दै आएका छन् ।
यसअघि सह–महामन्त्री पदमा सुमना श्रेष्ठ थिइन् । एक व्यक्ति, एक पदको मर्म भन्दै सुमनाले राजीनामा दिएकी थिइन् । संयोग नै मान्नुपर्ला, उनकै स्थानमा बढुवा गर्ने प्रस्तावको केही दिनमा नै बोहराको सह–कोषाध्यक्ष पद पनि रहेन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया