मस्तिष्कको पोषण कोलिन
काठमाडौं । सन् २०२० मा ३८ जनावर र १६ मानवमा गरिएको अध्ययनमा कोलिनको पोषणपूरक थप्दा मस्तिष्क विकासमा सहयोग गर्ने देखिएको छ ।
अहिलेसम्म जनावरमा मात्र कोलिन र संज्ञानात्मक क्षमताबीच बलियो सम्बन्ध प्रमाणित भएको देखाएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदनमा कति पोषणपूरक आवश्यक हो भन्ने सुझाइएको छैन । धेरैजसो मानवमा गरिएको अध्ययनमा कोलिन ९३० मिलिग्राम प्रतिदिन दिइएको थियो जुन करिब ६ वटा कुखुराको अण्डा खाएमा प्राप्त हुने मात्रा हो । यति मात्रा खाँदा नराम्रो असर पाइएको थिएन ।
ओएनका अनुसार केही मानिसलाई दैनिक सुझाव गरिएको मात्राभन्दा बढी आवश्यक पर्ने पनि हुन सक्छ, रजनोवृत्ति पछिका महिलाहरू, एस्ट्रोजोन होर्मोन कम भएका मानिसहरू र फ्याटी लिभर भएका मानिसहरू ।
‘हामीले कोलिन भएका खानेकुरा खायौँ भने त्यो हाम्रो रगतमा सजिलै सोसिन्छ,’ जियाङ भन्छिन् त्यसैले पनि हामीले कोलिन यथेष्ट खाने उपाय अपनाउनुपर्छ ।
अध्ययनहरूले देखाएका छन्– हामीमध्ये धेरैले पर्याप्त कोलिनयुक्त खानेकुरा खाएका छैनौँ । एउटा अध्ययनले करिब ११ प्रतिशत अमेरिकी वयस्कहरूले मात्रा सुझाइए अनुसारको दैनिक मात्रा खाइरहेका छन् ।
अण्डा कोलिन प्राप्त गर्न एक महत्वपूर्ण स्रोत हो । त्यसैले भीगन खाना रोज्नेहरूले कोलिन यथेष्ट नपाउने हुन् कि भन्ने चिन्ता प्रकट गरिएको छ । विकसित मुलुकहरूमा वनस्पतिमा आधारित कोलिन पोषणपूरक रूपमा उपलब्ध छन् ।
एक अध्ययनले अण्डा खानेहरूमा नखानेमा भन्दा दोबर मात्रामा कोलिन पाइयो र ती अध्ययनकर्ताहरूले अण्डा नखानेहरूमा पोषणपूरकका रूपमा कोलिन नलिने हो भने शरीरका लागि यथेष्ट कोलिन प्राप्त गर्न अत्यन्त मुस्किल हुन्छ भन्ने निष्कर्ष निकालेका छन् ।
इएफएसको सुझाव अनुसारको ४०० मिलिग्राम कोलिन प्रतिदिन धेरै मानिसहरूले आफ्नो खुराकलाई राम्ररी ध्यानमा राखे भने प्राप्त गर्न सकिने जियाङ बताउँछिन् । तोफु, पिनट बटर र भटमास कोलिनका महत्वपूर्ण स्रोत हुन् ।
आफूले पर्याप्त कोलिन नपाएको भन्ने लाग्नेहरूले दैनिक पोषकपूरण खान सक्ने ओएन भन्छन् । कोलिनले स्वास्थ्यमा पु¥याउन सक्ने फाइदाबारे थप जानकारीका लागि जनावर र मानवमाथि थप अध्ययन आवश्यक रहेको उनले बताइन् ।
यद्यपि अहिले कोलिनबारे चेतना बढ्दो छ डर्बीशर भन्छिन् । यो अलि बेवास्ता गरिएको जस्तो भए पनि यो छिटै धेरैका नजरमा पर्न सक्छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया