वीरगञ्जमा कांग्रेसले सानदार मतले उछिन्यो, एमालेको जमानत जफत हुने अवस्था
वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले लिड गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार अजय द्विवेदीले ४४६ मत पाएका छन् । उपमेयरमा कांग्रेसले ४२५ मत पाएको छ ।
दोस्रो स्थानमा राजपा नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले मेयर ३८० मत पाएका छन् । उपमेयरमा राजपाले ३७१ मत पाएको छ । बुधबार बिहानको मतपरिणाम अनुसार एमाले सबैभन्दा पुच्छारमा पुगेको छ ।
तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सारावगीले २४३ मत पाएका छन् । उपमेयर २४४ मत आएको छ ।
चौथो नम्बरमा माओवादी केन्द्र रहेको छ । मेयरका उम्मेदवार रह्बर अन्सारीले १७६ र उपमेयरमा १६४ मत एको छ ।
पाँचौ नम्बरमा रहेको नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेदवार विमल श्रीवास्तले १२० मत पाएका छन् । उपमेयरमा ९३ मत आएको छ ।
छौठौँ स्थानमा रहेको एमालेका मेयरका उम्मेदवार बसरुद्धिन अन्सारीले ८८ मत पाएका छन् । एमालेले उपमेयरमा ९६ मत पाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत