सभापति देउवालाई पोखरा विमानस्थलमा नेता तथा कार्यकर्ताहरूद्वारा भव्य स्वागत

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

शुक्रबार बिहान पोखरा विमानस्थलमा देउवालाई कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका हुन् । उनीहरू देउवाको पक्षमा नारावाजी समेत गरेका छन् ।

सभापति देउवा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङ जिल्लाको अधिवेशनलाई सम्बोधन गर्न पोखरा विमानस्थलमा ओर्लिएका थिए । पोखराबाट देउवालाई हेलिकप्टरबाट बागलुङ लगिएको छ ।

बागलुङमा पनि सभापति देउवालाई कार्यक्रमस्थलसम्म कांग्रेसका नेता तथा कार्यकर्ताहरूले स्कर्टिङ गरेर लगेका छन् ।

Published : Friday, 2026 November 20, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया