राणा र राजाको पालामा पनि मलाई अदालतले न्याय दिएको थियो, यो पटक पनि न्याय दिन्छ : देउवा

बागलुङ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको नियमित पक्षधरले आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको भन्दै न्यायालयप्रति विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले विगतमा राणा शासन तथा राजाको शासनकालमा समेत आफूले अदालतबाट न्याय पाएको स्मरण गर्दै यसपटक पनि न्याय पाउने विश्वास रहेको बताउनुभयो ।

“हिजो राणा र राजाको पालामा पनि मलाई अदालतले न्याय दिएको थियो । यो पटक पनि न्याय दिन्छ भन्ने मलाई विश्वास छ,” देउवाले भन्नुभयो ।

पार्टीको आधिकारिकता विवाद न्यायालयमा पुगेको उल्लेख गर्दै उहाँले अदालतले आफ्नो पक्षमा न्याय गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

Published : Friday, 2026 November 20, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया