गगनको २.० कांग्रेसका प्रिय मन्त्री नै मानव तस्करमा संलग्न, पत्नीलाई शरणार्थीमा बनाएर क्यानडा लुकाए

काठमाडौं । गगन थापाको कांग्रेस २.० का नेता समेत रहेका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपाने मानव तस्करीमा संलग्न रहेको खुलेको छ । उनले आफ्नै श्रीमतीलाई क्यानडामा लुकाएको खुलेको हो ।

नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ (२) प्रदेश सभाबाट निर्वाचित सांसद समेत रहेका न्यौपानेले सांसदले पाउने रातो कूटनीतिक राहदानी दुरुपयोग अमेरिका हुँदै श्रीमती शोभा न्यौपानेलाई क्यानडा पुराएको उच्च स्रोतले जनाएको छ । गगन थापा निकटका २.० कांग्रेसको गोरखा कांग्रेसका जिल्ला सभपाति समेत रहेका मनत्री न्यौपानेको हर्कतले गगन थापा र उनको समूहका मन्त्री तथा नेताहरुको औकात देखाइदिएको छ ।

न्यौपानेले श्रीमतीलाई अमेरिका हुँदै सन् २०२२ नोभेम्बरबाट क्यानडा छाडेका छन् । उनकी श्रीमतीले क्यानडामा शरणार्थी भिसा एप्लाई गरेर बसेकी छिन् । क्यानडामा एसाइलम भनेको आफ्नो देशमा उत्पीडन, यातना वा ज्यानको जोखिम भएका व्यक्तिहरूले शरणार्थी संरक्षणको कानूनी दाबी गर्ने प्रक्रिया हो ।

प्रदेश मन्त्री न्यौपानेले आफ्नी श्रीमतीलाई क्यानडामै रहेका एक दाहाल थरका वकिलमार्फत सम्पूर्ण फर्जी कागजात तयार पारेका थिए । ती दाहाल थरका वकिलले नेपालमा विप्लव समूह, वैद्य समूह वा अन्य कुनै पनि आतंकवादी समूहको नामको लेटरप्याडलगायत सम्पूर्ण फर्जी कागजात क्यानडामै तयार पार्ने गरेका छन् ।

अधिकांश नेपालीको नक्कली कागजात उनै वकिलले तयार पार्ने गरेका छन् । गण्डकी प्रदेश सरकारमा हुने सम्पूर्ण ठेक्कापट्टाको कमिशन तथा घुस समेत उनले आफ्नै श्रीमतीको क्यानडास्थित खातामा बुझ्ने गरेको समेत खुलेको छ ।

नेपालमा भ्रष्टाचार मुद्दामा अनुसन्धान हुने र भविष्यमा आफू पनि कानूनी कारबाहीबाट बच्नका लागि न्यौपानेले श्रीमतीलाई एसाइलम गराएका हुन् । त्यसो त नेपालमा भने न्यौपानेले अर्की श्रीमती समेत अलग्गै राखेका छन् । नेपालमा दुई श्रीमती विवाह गर्नु गैरकानूनी भए पनि शक्तिको आडमा न्यौपानेले उन्मुक्ति पाएका छन् ।

माइलो भनिने वेदप्रसाद काप्रीले तत्कालीन गोरखा प्रहरी प्रमुख बसन्त कुँवरलाई सेटिङ मिलाएर बहुविवाहको मुद्दा ढिसमिस बनाएका थिए । त्यतिमात्रै होइन, न्यौपानेको पहिलो श्रीमतीको रहस्यमयी मृत्युको घटना समेत छानबिनविना नै गुपचुप मिलाइएको थियो ।

हाल क्यानडामा रहेकी श्रीमतीले भने आफ्नो बसाइँ टोरोन्टो, वनटारियो क्यानडा रहेको सार्वजनिक रुपमा नै उल्लेख गरेकी छिन् । यता श्रीमान् भने नेपालमा राष्ट्रिय झण्डा हल्लाएर मन्त्रीले चढ्ने सरकारी गाडीमा हिँड्ने गरेका छन् ।

नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापा निकट रहेका मन्त्री न्यौपाने गोरखा कांग्रेसका जिल्लाका सभापति समेत हुन् । २.० कांग्रेसका नेता समेत रहेका मन्त्री न्यौपानेको यो हर्कतले खैलाबैला मच्चाएको छ ।

क्यानडास्थित नेपाली दूतावासका एक कर्मचारीका अनुसार क्यानडामा नेपाली नेता, कर्मचारी, पत्रकारलगायतले आफ्ना श्रीमती नातेदारलाई शरणार्थी भिषा दिलाएर राख्ने गरेका छन् । क्यानडामा शरणार्थी नेपालीहरूको टोल नै रहेको छ । अधिकांशले फर्जी कागजात देखाएर क्यानडा गएका छन् । पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलन, विप्लव समूहको आतंक, पूर्वमाओवादी जनयुद्धलगायतको विषय लगायतको घटनालाई देखाएर नेपालीहरू क्यानडा शरणार्थी बन्ने क्रम बढ्दो छ ।

ठमेलका होटल व्यावसायी गोकुल सापकोटा पनि केही वर्षअघि शरणार्थी भिषामा क्यानडा गएर त्यहाँ केही उपाए नदेखेपछि अहिले नेपालमा आएर रास्वपाको नेता भएका छन् । नेपाल सरकारकै पूर्व एक सहसचिवले क्यानडामा निकै महंगो घर किनेका छन् ।

मन्त्री न्यौपानेको मानव तस्करीको आरोपका विषयमा प्रतिक्रिया लिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग प्रतितिक्रया लिन फोन गर्दा फोन उठेन । मुख्यमन्त्री पाण्डे सम्पर्कमा आउन चाहेनन् ।

Published : Wednesday, 2026 November 18, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया