सुनसरी कांग्रेसको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित, संयोजक डा.कोइरालाले दिए बधाइ

इटहरी । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशनअन्तर्गत सुनसरी जिल्लाको अधिवेशनबाट सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन ।

बुधबार सुनसरीमा सम्पन्न सम्पन्न अधिवेशनबाट श्रेष्ठ सभापतिमा सर्वसम्मत नवनिर्वाचित भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । निर्वाचन समितिका अनुसार सुनसरी कांग्रेसको अधिवेशनबाट पदाधिकारीहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले अधिवेशनको उद्घाटन गरेका थिए । सभापतिमा निर्वाचित श्रेष्ठसहितका पदाधिकारी र कार्यसमितिलाई डा.कोइरालाले बधाइ तथा शुभकामना दिएका छन् । अधिवेशनमा नेताहरू मोहनबहादुर बस्नेतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2026 November 19, 7:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया