ढोरपाटनमा देउवा पक्षीय सबै वडाको अधिवेशन सम्पन्न, अब पालिका र क्षेत्रीय अधिवेशन हुने
ढोरपाटन । नेपाली कांग्रेस १५औं नियमित अधिवेशन अन्तर्गत बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ५ को वडा अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको वडा अधिवेशनले वडा सभापतिमा प्रेमलाल जैसीलाई सर्वम्मत निर्वाचित गरिएको कांग्रेसका युवा नेता एवम् ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिएका छन् ।
वडा अधिवेशनबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
यसैबीच, ढोरपाटन नगरपालिकाको वडा नं. १ देखि ९ सम्मको वडा अधिवेशन सम्पन्न भएको नेता कायतले बताए । अब असोज २५ गते आइतबारका दिन बुर्तिबाङ बजारमा पालिका, प्रदेश र क्षेत्रको अधिवेशन हुने नेता कायतले बताएका छन् ।
उनले अधिवेशन उपस्थित हुन सम्पूर्ण कृयाशील र क्षेत्रीय प्रतिनिधिहरू अनुरोध गरेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया