इलाममा देउवा पक्षको क्षेत्रीय अधिवेशन सम्पन्न, सभापतिसहित कार्यसमिति सर्वसम्मत
इलाम । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत इलामको क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएका छन् ।
शुक्रबार प्रदेश निर्वाचन क्षेत्रहरूको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस नेतृ एवम् नेपाल तरुण दलकी पूर्व केन्द्रीय सदस्य अम्बिकादेवी बाँस्कोटाका अनुसार क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा नगेन्द्रकुमार राई र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार बान्तवा राई सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस इलामका संयोजक सोनाम छिरिङ्ग काजीले कार्यसमितिलाई शुभकामना तथा बधाइ दिएका छन् । जिल्लाको लागि सहजकर्ताद्वय अम्बिकादेवी बाँस्कोटा र यामन लामालाई जिम्मेवारी दिइएको छ ।
अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया